६ जेष्ठ २०८१, आइतबार

ब्रुनो चम्किँदा पोर्चुगलको फराकिलो जित

प्रकाशित मिति :  18 November, 2022 9:21 am


काठमाडौं । ब्रुनो फर्नान्डेज चम्किदा पोर्चुगलको फराकिलो जित निकालेको छ । फिफा विश्वकप अघिको नाइजेरियाविरुद्धको मैत्रीपूर्ण खेलमा पोर्चुगलले फराकिलो जित निकालेको हो ।

बिहीबार राति भएको खेलमा पोर्चुगलले नाइजेरियालाई ४-० गोल अन्तरले हराएको हो । पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई गोल गरे ।

खेलको नवौं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए । खेलको ८२ औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दा पोर्चुगल ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८४ औं मिनेटमा जोआ मारियोले गोल गर्दै पोर्चुगललाई ४-० को जित दिलाए ।

विश्वकपमा समूह ‘एच’ मा रहेको पोर्चुगलले पोर्चुगलले नोभेम्बर २४ मा घानाविरुद्ध पहिलो खेल खेल्दै छ ।



प्रतिक्रिया दिनुहोस !