६ जेष्ठ २०८१, आइतबार

सायम कलेजले मंसिर ९ र १० गते सायम प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना गर्ने

प्रकाशित मिति :  18 November, 2022 2:09 pm


काठमाडौं । काठमाडौंको पूरानो बानेश्वरमा रहेकाे सायम कलेजले सायम प्रिमियर लिग क्रिकेट प्रतियोगिता गर्ने भएको छ । कलेजले मंसिर ९ र १० गते क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएकाे छ ।

कलेजले वार्षिक रूपमा आयोजना गर्दै आएको क्रिकेट प्रतियोगिता यस वर्ष पनि आयोजना गर्ने भएको हो । कलेजमा अध्ययन्रत विद्यार्थीको खेलकुद क्षेत्रतर्फ प्रोत्साहन गर्नकाे लागि प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

प्रतियोगितामा ४ टिमहरुको सहभागि हुने र ४०० भन्दा बढी दर्शकहरुको सहभागि हुने कार्यक्रमका अध्यक्ष अभिषेक भण्डारीले बताएका छन् । प्रतियोगितामा प्रथम हुनेले २० हजार र ट्राेफि, दोस्रो हुनेले १० हजार र ट्राेफि पाउनेछन् ।

प्रतियोगितामा वेस्ट ब्याटर, वेस्ट बलर, उदीयमान प्यलेअर, वेस्ट फिल्डरलाई २ हजार र ट्राेफिको दरले पुरस्कृत गरिने आयोजकले जनाएकाे छ । कलेजले अक्सनमा खेलाडी छनोट गर्ने जनाएको छ । जसमा चार टिमलाई एक एक लाखको दरमा दिइनेछ र त्यस रकमबाट खेलाडि किनिनेछ ।



प्रतिक्रिया दिनुहोस !