८ बैशाख २०८१, शनिबार

जर्मनीका खेलाडीले नेपालको एसओएस चिल्ड्रेनलाई १ मिलियन युरो प्रदान गर्ने

प्रकाशित मिति :  20 November, 2022 6:05 pm


काठमाडौं । कतारमा आजदेखि सुरु हुन लागेको पुरुष विश्व कप धेरै कारणले विवादमा परेको छ, ती मध्ये धेरै प्रवासीमाथी कतारले गरेको श्रम शोषण प्रमुख कारण हो ।

यसले दर्शक र यसमा संलग्न खेलाडीहरू दुवैलाई असहजता ल्याएको छ । विश्वका धेरै देशले कतारको शोषणप्रति आवाज उठाएका छन् ।

त्यो समयलाई ध्यानमा राख्दै जर्मन राष्ट्रिय टोलीले एउटा ठोस निर्णय गरेको छ । जर्मनले एक परोपकारी पहलमा च्यारिटी मार्फत नेपालमा सहयोग गर्ने भएको छ । बायर्न म्युनिखका कप्तान र किपर म्यानुअल नेउरले नेपालको एसओएस चिल्र्डेन भिलेजमार्फत सहयोग गर्ने बताएका छन् ।

यस पहलको उद्देश्य कतारमा आप्रवासी कामदारका बालबालिका वा आफ्ना बाबु गुमाएका बालबालिकाहरूलाई सहयोग गर्नु हो।

जर्मन लगायतका केहि देशले आयोजक राष्ट्रमा आप्रवासी कामदारहरूप्रतिको व्यवहारलाई अस्वीकार गर्दै त्यसैले विश्वकप खेल्दा पनि एकता देखाउने निर्णय गरेका छन्।



प्रतिक्रिया दिनुहोस !