६ जेष्ठ २०८१, आइतबार

नेदरल्यान्डको विजयी सुरुवात

प्रकाशित मिति :  22 November, 2022 9:01 am


काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा फुटबलमा नेदरल्यान्डले विजयी सुरुवात गरेको छ ।

सोमबार राति भएको पहिलो खेलमा नेदरल्यान्डले सेनेगललाई २–० गोल अन्तरले हराउदै विजयी सुरुवात गरेको हो ।

अल थुमामा रंगशालामा भएको खेलमा नेदरल्यान्डलाई जित दिलाउन कोडी गाग्पो र डभे कालाशेनले एक–एक गोल गरे ।

खेलको ८४ औं मिनेटमा गाग्पोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको इन्ज्यूरी समयमा कालेसेनले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।

जितसँगै समूह ‘ए’ मा रहेको नेदरल्यान्डले पहिलाे खेलमा ३ अंक जोडेको छ ।



प्रतिक्रिया दिनुहोस !