२४ बैशाख २०८१, सोमबार

मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता

प्रकाशित मिति :  22 November, 2022 4:07 pm


काठमाडौं । कतारमा जारी फिफा विश्वकपको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको छ । लिओनेल मेस्सीको गोलमा अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध समूह चरणको पहिलो खेलमा अग्रता लिएको हो ।

खेलको दोस्रो मिनेटमा गोल हान्ने अवसरबाट चुकेको अर्जेन्टिनाले खेलको नवौं मिनेटमा गोल गरेको हो ।

कर्नर प्रहार गर्ने क्रममा पेनाल्टी क्षेत्रभित्र फल भएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !