१४ बैशाख २०८१, शुक्रबार

विश्वकपमा आज चार खेल हुँदै

प्रकाशित मिति :  1 December, 2022 10:00 am


काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरू हुँदैछन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुईरदुई खेलहरू हुनेछन् । पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछन् । यो खेलहरूबाट समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ ।

दोस्रो दुई खेलमा समूह ‘ईु मा रहेका जापान र स्पेन तथा कोस्टारिका र जर्मनी बीच खेल हुदैछ ।दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ ।

यस खेलहरुबाट समूह ‘ई’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस !