१५ चैत्र २०८०, बिहिबार

समूह चरणबाटै बाहिरिएपछि मेक्सिकोका प्रशिक्षकले दिए राजीनामा

प्रकाशित मिति :  1 December, 2022 12:06 pm


काठमाडौं । मेक्सिको फिफा विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएपछि मेक्सिकोको प्रशिक्षक जेरार्डो ‘टाटा’ मार्टिनोले राजीनामा दिएका छन्।

मार्टिनोले आफ्नो टोलीको विश्वकपको समूह चरणबाट बाहिरिनुको सम्पूर्ण जिम्मेवारी स्वीकार गर्दै खेलपछिको पत्रकार सम्मेलनमा मेक्सिकोसँग आफ्नो सम्झौता समाप्त भएको बताए । सन् १९९४ पछि मेक्सिको विश्वकपको नकआउट चरणमा नपुगेको पहिलो पटक हो।

‘हामीमा भएको यो भयानक निराशाको लागि म पहिलो जिम्मेवार हुँ,’ मार्टिनोले खेल पछि भने, ‘यसले धेरै दुःख निम्त्याउँछ, म यो ठूलो असफलताको लागि पूर्ण रूपमा जिम्मेवारी लिन्छु।’

‘रेफ्रीले अन्तिम सिट्टी बजाउने बित्तिकै मेरो सम्झौता समाप्त भयो र त्यहाँ अरू केही गर्न बाँकी छैन,’ उनले भने ।

विश्वकपको पहिलो खेलमा पोल्याण्डसँग ०-० को बराबरी र दोस्रो खेलमा अर्जेन्टिनासँग २-० ले पराजित भएपछि मेक्सिकोलाई साउदीसँग राम्रो अन्तरको जित आवश्यक थियो। तर मेक्सिकोले आफ्नो अन्तिम समूह खेलमा साउदी अरेबियालाई २-१ ले पराजित गर्दा समूह चरणबाटै बाहिरिनु पर्याे।



प्रतिक्रिया दिनुहोस !