६ जेष्ठ २०८१, आइतबार

भागेर नेपाल हिडेका १४ जना भारतकाे कुशीनगरमा पक्राउ: १४ दिने क्वारेन्टाइनमा राखियाे

प्रकाशित मिति :  4 April, 2020 7:42 pm


काठमाडाैं, २२ चैत । 

भारतकाे उत्तर प्रदेश अतर्गतकाे कुशीनगरमा भागेर नेपाल हिडेका १४ जना पक्राउ परेका छन् । भारत र नेपाल दुबै देशमा लकडाउन चलिरहेकाे अवस्थामा सरकारी निर्देशन विपरित हिडेका उहीहरूलाइ उखुबारीबाट प्रहरीले पक्राउ गरिएकाे हाे । काेराेना (काेभिड १९) काे संक्रमण फैलन नदिन विश्वभर नै अावतजावतलाइ कडाइ गरिएकाे छ ।

भारतकाे संचार संस्था न्युज १८ मिडिया प्रकाशित भएकाे समाचार अनुसार ति नेपाली केही समयअघि दिल्लीमा भएकाे भेलामा सहभागी मध्यका हुन् । उनीहरू नेपालकाे सिराहा जिल्लाका रहकाे जनाइएकाे छ । स्वास्थ परिक्षण गर्दा सबैकाे स्थित रामान्य रहेकाे छ तर १४ दिनकाे अनिवार्य क्वारेन्टाइनमा राखिएकाे छ । दिल्लीकाे भेलाकै क्रममा लकडाउन भएपछि कतिपय धेरै समय मस्जिदमा लुकेर बसेकाे र माैका छाेपेर भाग्ने गरेकाे भारतिय अधिकारीहरूकाे भनाइ छ ।

समाचारमा जनाइए अनुसार क्वारेन्टाइनमा राखिएका सबै सिराहा जिल्लाका हुन् । समाचारमा पत्रमा उल्लेख भए अनुसार समातेर क्वारेन्टाइनमा राखिएकामा माेहम्मद जखिर अंसारी, माेहम्मद अलाउद्दन, माेहम्मद अहमद हुसैन, माेहम्मद रहमतुल्लाह खां, नेयमुल्लाह खां, जासीम, इब्राहिम, अख्तर, इदरीश, इसराफिल, हमजा, फरमुद, नाजिर तथा माेहम्मद अारिफ अंसार लगाएत छन् ।



प्रतिक्रिया दिनुहोस !