११ बैशाख २०८१, मंगलबार

स्वीट्जरल्याण्डमाथि गोलको वर्षा, फराकिलो जित निकाल्दै पोर्चुगल क्वाटरफाइनलमा

प्रकाशित मिति :  7 December, 2022 9:21 am


काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा प्रिक्वाटरफाइनको अन्तिम खेलमा स्वीट्जरल्याण्डमाथि गोल वर्षा गर्दै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलमा स्थान पक्का गर्ने क्रममा पोर्चुगलले स्वीटजरल्याण्डमाथि ६-१ को फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा मोरक्कोसँगको भेट पक्का गरेको हो ।

पोर्चुगलको जितमा युवा फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरे। कतार विश्वकपमा ह्याट्रिक पूरा गर्ने उनी पहिलो खेलाडी हुन् ।

क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेर पहिलो रोजाईमा उत्रिएका उनले खेलको १७ अ‍ौं मिनेटमा जोआअ‍ो फेलिक्सको पासमा गोल गर्दे टोलीलाई सुरूआती अग्रता दिलाए।

पेपेले ३३ अ‍ौं मिनेटमा अग्रता दोब्बर पारे। ब्रुनो फर्नान्डेसको कर्नरमा पेपेले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो हाफमा २-० को अग्रता दिलाए।

५१औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे। ५५औं मिनेटमा राफेल गुरेइरोले रामोसकै पासमा गोल गर्दै पोर्चुगलको अग्रता ४-० पुर्‍याए।

५८औं मिनेटमा स्वीजरल्याण्डका मानुएल अकान्जील गोल फर्काए। तर ६७ अ‍ौं मिनेटमा रामोसले ह्याट्रिक पूरा गरे। इन्ज्युरी समयमा लिआअ‍ोले गोल गर्दै खेलमा पोर्चुगललाई ६-१ को फराकिलो जित दिलाए।



प्रतिक्रिया दिनुहोस !