८ बैशाख २०८१, शनिबार

स्पेनलाई टाइब्रेकरमा स्तब्ध पार्दै मोरक्को पहिलोपटक क्वाटरफाइनलमा

प्रकाशित मिति :  7 December, 2022 7:38 am


काठमाडौं । कतारमा जारी फिफा विश्कपमा स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्पेनलाई टाइब्रेकरमा ३–० ले स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटको समयमा पनि कुनै टोलीको गोल नगरेपछि टाइब्रेकरमा लम्बिएको खेलमा मोरक्को विजउी भएको हो ।

पेनाल्टीमा मोरक्कोका लागि अब्देलहमिद साबिरी, हाकिम जियाच र अच्रफ हाकिमीले गोल गर्दा बाडर बनाउनेको प्रहार भने स्पेनका गोलकिपर उनाई सिमोनले बचाएका थिए।

स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन् ।

अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस !