५ जेष्ठ २०८१, शनिबार

क्रोएशिया विश्वकपको सेमिफाइनलमा, ब्राजिल बाहिरियो

प्रकाशित मिति :  10 December, 2022 12:08 am


काठमाडौं। ब्राजिललाई पेनाल्टीमा ४-२ गोल अन्तरले पराजित गर्दै क्रोएशिया कतार विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।

कतारको एजुकेशन सिटी रंगशालामा भएको पहिलो क्वार्टर फाइनलमा पराजित भएसँगै ब्राजिल विश्वकप बाट बाहिरिएको छ।

नियमित खेलको ९० मिनेटमा गोल नभएपछि पहिलो अतिरिक्त समयको १०५ औं मिनेटमा ब्राजिलले र ११६औं मिनेटमा क्रोएशियाले गोल गरेपछि १-१ गोलले बराबरी भएको हो। ‘पेनाल्टी सुट आउट’मा क्रोएशियाले ब्राजिललाई पराजित गरेको हो।



प्रतिक्रिया दिनुहोस !