२० मंसिर २०८२, शनिबार

मोरक्कोका प्रशिक्षक भन्छन्, ‘यो कुनै चमत्कार होइन, कडा परिश्रमको फल हो’

प्रकाशित मिति :  11 December, 2022 12:17 pm


काठमाडौं । पोर्चुगललाई हराएर फुटबल विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको मोरक्कोले विश्वकपमा इतिहास रचेको छ । जितसँगै मोरक्को अफ्रिाका महादेशबाट सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र बनेको छ । यसअघिका तीन अफ्रिकी टोली विश्वकपको क्वार्टरफाइनलमा पुगे पनि सेमिफाइनलको यात्रा तय गर्न सकेका थिएनन् ।

उच्च लयमा रहेको मोरक्कोले दाबेदार मानिएको स्पेन र पोर्चुगल जस्ता राष्ट्रलाई पराजित गर्दै अघि बढेपछि विश्वकपको माहोल थप रोमाञ्चक बनेको छ ।

“हामी सबैले मन पराउने टोली बनिरहेका छौं किनभने हामीले के हाँसिल गर्न सक्छौं भनेर देखाउँदै छौं,” विजयपछि प्रशिक्षक वालिड रेग्रागुइले भने।

“यदि तपाईंले लगाव र दृढविश्वास देखाउनुभयो भने, तपाईं सफल हुन सक्नुहुन्छ त्यो मेरा खेलाडीहरूले देखाइदिएका छन्। यो कुनै चमत्कार होइन । युरोपका मानिसहरूले यो भन्न सक्छन्, तर हामीले पोर्चुगल, स्पेन, बेल्जियमलाई पराजित गर्यौं । यो कडा परिश्रमको फल हो।,” प्रशिक्षक रेग्रागुइले भने, “अफ्रिकी र अरब टोलीहरू कडा परिश्रम गर्छन्, हामीले हाम्रा मानिसहरूलाई खुसी र गर्व गरेका छौं।”



प्रतिक्रिया दिनुहोस !