१२ श्रावण २०८१, शनिबार

६७ मिनेटमा तीनपटक बल छोएर मोरक्कोका एन-नेसरीले बनाए अनौठो कीर्तिमान

प्रकाशित मिति :  15 December, 2022 11:29 am


काठमाडौं । कतारमा जारी फिफा विश्वकप सेमिफाइनलको अन्तिम खेलमा मोरक्कोका युसेफ एन–नेसरीले अनौठो कीर्तिमान बनाएका छन् । फ्रान्सविरुद्धको खेलमा ६७ मिनेटमा तीनपटक मात्र बल छोएर कीर्तिमान बनाएका हुन् ।

सेभिल्लाबाट व्यवसायिक फुटवल खेल्ने २५ वर्षीय फरवार्डर नेसिरी सुरुवाती ११ मा मैदान छिरेका थिए । नेसिरीको प्रदर्शनले विश्व कपमा नयाँ कीर्तिमान बनाएपनि उनी भने यो कीर्तिमान पक्कै याद गन चाहँदैनन्।

वालिद रेग्रागुईको टोली अन्तिम चारमा पुग्ने पहिलो अफ्रिकी टोली बनेर इतिहास रचेको थियो । तर डिफेन्डिङ च्याम्पियन फ्रान्समा २-० गोलअन्तरले पराजित भएपछि विश्वकपको यात्रा टुंगिएको छ ।

पराजित मोरक्कोले शनिबार क्रोएसियासँग तेस्रो स्थानका लागि भिड्नेछ भने फ्रान्स आइतबार अर्जेन्टिनासँग उपाधीका लागि भिड्नेछ ।



प्रतिक्रिया दिनुहोस !