१२ श्रावण २०८१, शनिबार

प्लेअर टू वाच : लियोनल मेस्सी

प्रकाशित मिति :  16 December, 2022 3:51 pm


काठमाडौं । कतार विश्वकपका गोल्डेन बुटका दावेदार खेलाडी हुन् लियोनल मेस्सी । उनले यो विश्वकपमा ६ खेल खेल्दै ५ गोल र ३ असिस्ट उपलब्ध गराएका छन् ।

विश्वकपमा अर्जेन्टिनालाई फाइनल पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उनले टिमका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मेस्सी फाइनलमा फ्रान्सलाई हराउँदै उपाधि उचाल्ने दाउमा छन् ।

सन् २०१४ मा विश्वकपको फाइनलमा जर्मनीसँग पराजित हुँदै अर्जेन्टिनाले उपाधि उचाल्न सकेन । मेस्सीले सात वर्षपछि कोपा अमेरिका जितेर ठुलो सान्त्वना प्राप्त गरे । राष्ट्रिय टोलीबाट मेस्सीको त्यो पहिलो उपाधि थियो ।

मेस्सी अहिले पनि विश्वकप उपाधिको नजिक छन् । सम्भवतः मेस्सीका लागि यो अन्तिम र विशेष विश्वकप हुनसक्छ । मेस्सीको पछिल्लो फर्मलाई हेर्दा उनी उत्कृष्ट खेलाडीको पक्षबाट कुनै रूपमा कम छैनन् । उनको असिस्ट गर्ने क्षमता र बललाई खेलाउने क्षमता अझै पनि युवा अवस्थाको जस्तै छ ।

मेस्सीले अर्जेन्टिनाका लागि सन् २००५ देखि अर्जेन्टिनाका लागि १७१ खेल खेलेर ९६ गोल गरेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस !