१२ श्रावण २०८१, शनिबार

विश्वकप फाइनल: फ्रान्सलाई लगातार उपाधी कि मेसीको सुखद बिदाइ

प्रकाशित मिति :  18 December, 2022 12:40 pm


काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्दै छन् ।

कतारको लुसिल स्टेडियममा नेपाली समयअनुसार आइतबार राती ८:४५ बजे सुरु हुने फाइनल खेलमा विश्व फुटबलका सुपरस्टार लिओनल मेसीले अर्जेन्टिनाका लागि विश्वकपको अन्तिम खेल खेल्दै छन् ।

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । दुबै देशले हालसम्म समान दुई विश्वकप जितेका छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।

यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।

अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ । फ्रान्सले ३ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ ।



प्रतिक्रिया दिनुहोस !