१२ श्रावण २०८१, शनिबार

फ्रान्सका राष्ट्रपतिले मैदानमै पुगेर दिए एमबाप्पेलाई सान्त्वना

प्रकाशित मिति :  19 December, 2022 9:16 am


काठमाडौं । विश्वकप फाइनलमा अर्जेन्टिनासँगको हारपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले केलियन एमबाप्पेसहित अाफ्ना खेलाडीलाई सान्त्वना दिने प्रयास गरेका छन् ।

एम्बाप्पेको ह्याट्रिक मार्फत, लेस ब्लुजले कडा संघर्ष गरेपनि टिमलाइ जित दिलाउन भने असफल रहे । अतिरिक्त समय ३-३ को बराबरीमा सकियो। पेनाल्टी सुटआउटमा लियोनेल मेस्सीको पक्षलाई ट्रफी उचाल्नबाट रोक्न सकेन, किनकि अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले दुई स्पट किकलाई उत्कृष्ट ढंगले बचाउदै नायक सावित भए।

म्याच पछि एमबाप्पे र उनको टोलीका साथीहरू निरास भएका थिए, म्याक्रोनले उनीहरुलाई सान्त्वना दिन प्रेरित गरे। म्याक्रोनले पिचमा प्रोत्साहनका शब्दहरूसहित एमबाप्पे लाइ अंगालो हालेर सान्त्वना दिएका थिए ।

फ्रान्सको सबैभन्दा ठूलो क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्ने २३ वर्षीय सुपरस्टारसँग फ्रान्सेली राष्ट्रपतिको राम्रो सम्बन्ध छ।



प्रतिक्रिया दिनुहोस !