१५ चैत्र २०८०, बिहिबार

फुटबलका चर्चित खेलाडी पेलेको ८२ वर्षकाे उमेरमा निधन

प्रकाशित मिति :  30 December, 2022 8:25 am


काठमाडाैँ। विश्वचर्चित फुटबल खेलाडी पेले ८२ वर्षको उमेरमा निधन भएको छ । ब्राजिलका खेलाडी पेले विश्वभरका फुटवल प्रेमीका प्रिय पात्र थिए।

१५ वर्षको उमेरमा सेन्टोस क्लबबाट सुरु गरेका उनले २१ वर्षकाे फुटबलमा विताउदै गर्दा एक हजार ३६३ खेलमा प्रतिस्पर्धी बनेका थिए । उनले एक हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् ।

तीन पटक विश्वकप जितेका उनी एकमात्र फुटबल खेलाडी पेलेकाे वास्तविक नाम एडसरन एरेन्टस डो नासिमेन्टो हो । उनी मिर्गौला र प्रोस्टेटको समस्याबाट गुज्रिरहेका थिए । विश्वभर उनकाे निधनमा शाेक मनाइएकाे छ ।



प्रतिक्रिया दिनुहोस !