१२ श्रावण २०८१, शनिबार

प्रदेश-५ का सांसद तथा कर्मचारीद्धारा कोरोना नियन्त्रण कोषमा एकमुष्ट २३ लाख ३० हजार रुपैयाँ जम्मा

प्रकाशित मिति :  7 April, 2020 8:56 am


काठमाण्डौं, २५ चैत ।

प्रदेश-५ का सांसद तथा कर्मचारीहरुले कोरोना नियन्त्रण तथा उपचार कोषमा २३ लाख ३० हजार रुपैयाँ एक मुष्ट जम्मा गरेका छन् ।

प्रदेश सभामुख,उपसभामुख र सदस्यहरुको गरि एम मुष्ट २३ लाख ३० हजार ४ सय २५ रुपैयाँ जम्मा गरेका गरिएको हो ।

प्रदेशसभा सचिवालयका अनुसभार सभामुख र उपसभामुखले एक महिनाको तलब, प्रदेशसभा सदस्इहरुले १५ दिनको तलब र सचिवालयका कर्मचारीहरुको तह अनुसार ७,५ र ३ दिनको तलब कोषमा जम्मा गरिएको छ ।

प्रदेशसभा सचिवव दुर्लभकुमार पुनमगरले निकालेको विज्ञप्तिमा सबै रकम एक मुष्ट सरकारले स्थापना गरेको कोषमा जम्मा गरिएको उल्लेख छ ।

यसअघि नै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा आफूले पाउने पारिश्रमिकबाट योगदान गर्ने भन्दै सभामुख,उपसभामुख र सदस्यहरुले घोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !