१३ बैशाख २०८१, बिहिबार

कपिलवस्तुमा आइसोलेशनमा रहेका युवकको मृत्यु

प्रकाशित मिति :  7 April, 2020 7:52 am


कपिलवस्तु, २५ चैत ।

कोरोना भाइरसको आशंकामा आइसोलेशनमा रहेका युवकको मृत्यु भएको छ ।

शुक्रबारदेखि कपिलबस्तु जिल्ला अस्पतालको आईसोलेशनमा राखिएका कपिलबस्तु विजयनगर गाँउपािलिका-२ जलैयाका ३० बर्षीय गोर्बधन भरको गएराति मृत्यु भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले आइसोलेशनमा राखिएका भरको मृत्यु भएको पुष्टि गरे ।

भरको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवा पठाईएको छ । रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !