मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धारका लागि सरकारले थाल्यो पहल
प्रकाशित मिति : 9 January, 2023 11:01 am

काठमाडौं । मलेसियामा केही दिनदेखि बन्धक बनाइएका नेपालीहरुको उद्धारका सरकारले पहल थालेको छ।
रोजगारीका लागि मलेसियामा पुगेका डेढ दर्जन नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनीहरूको अवस्था बुझ्न र उनीहरुको उद्धारका लागि पहल गरेको हो ।
कम्पनीमा भएको ज्यादतीबारे बोल्दा कामबाट निकालिदिएपछि उनीहरू एक सातादेखि अलपत्र परेका हुन् । उनीहरूलाई कम्पनीबाट निकालेर सहरको एक भवनको अनकन्टार कोठामा लगेर बन्धक बनाइएको हो ।
अलपत्र परेका उनीहरू मलेसियाको केलाङ सहरको एक भवनभित्र चिसो भुइँमा कष्ठसँग दिन बिताइरहेका छन् ।