६ जेष्ठ २०८१, आइतबार

मुख्य प्रशिक्षक खोज्दै क्यान

प्रकाशित मिति :  9 January, 2023 12:38 pm


काठमाडौं । भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकरले राजिनामा दिएपछि नेपाली क्रिकेट टोली मुख्य प्रशिक्षक विहीन रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ। क्यानले आइतबार मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्य व्यक्तिले आफ्नो बायोडाटा र पदको लागि इछ्याएको कारण खुलाउँदै जनवरी १४ सम्म दरखास्त दिन सक्ने छन् ।



प्रतिक्रिया दिनुहोस !