६ जेष्ठ २०८१, आइतबार

वेल्सका कप्तान बेलले लिए सन्यास

प्रकाशित मिति :  10 January, 2023 11:54 am


काठमाडौं । वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले अकस्मात सन्यास घोषणा गरेका छन् । बेलले ३३ वर्षको उमेरमा क्लव र अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।

बेलले सामाजिक संजालबाट सन्यासको घोषणा गरेका हुन् । होसियार र सोचविचार गरेर मैले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल सन्यासको घोषणा गर्दछु, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

कप्तान बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी समेत हुन् । उनले वेल्सका लागि १ सय ११ खेल खेल्दै ४१ गोल गरेका छन् । बेलले दुई युरोपियन च्याम्पिनसिप जिताएका छन् । यसका साथै उनले आफ्नो टिमलाई युरो २०१६ को सेमिफाइनलसम्म पुर्याएका थिए । बेलकै कप्पतानीमा वेल्सलाई १९५८ पछि पहिलो पटक विश्वकपमा पनि पुर्याए ।

साउथह्याम्पटनबाट व्यवसायिक फुटबलको थालनी गरेका बेलाल्ले टोटेनहम र रियल मड्रिडबाट खेलेका थिए ।

पछिल्लो पटक उनले अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीबाट खेलेका थिए ।



प्रतिक्रिया दिनुहोस !