६ जेष्ठ २०८१, आइतबार

फ्रान्सका कप्तान लोरिसले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

प्रकाशित मिति :  10 January, 2023 12:01 pm


काठमाडौं । फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

२१ वर्षको उमेरमा डेब्यु गरेका लोरिसले ३६ वर्षको उमेरमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् ।

टोटेनहमका गोलकिपर समेत रहेका लोरिसले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय गरेको छु।’

सन् २००८ मा उरुग्वेविरुद्ध डेब्यु गरेका लोरिसले फ्रान्सका लागि १ सय ४५ खेल खेलेका छन् ।

लोरिसको कप्तानीमा फ्रान्सले २०१८ को विश्वकप फुटबलको उपाधि जितेको थियो ।



प्रतिक्रिया दिनुहोस !