६ जेष्ठ २०८१, आइतबार

युनाईटेड काराबाओ कपको सेमिफाइनलमा

प्रकाशित मिति :  11 January, 2023 8:35 am


काठमाडौं । म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलमा चार्लटन एथ्लेटिकलाई ३-० गोल अन्तरले हराउँदै युनाईटेड अन्तिम चारमा स्थान पक्का गरेको हो ।

युनाईटेडको जितमा मार्कस राषफोर्डले नायक बने । उनले सेमिफाइनलमा पुग्नका लागि दुई गोल गरे । एन्टोनीले एक गोल गरे ।

खेलको २१ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ९० औं मिनेटमा राषफोर्डले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको इन्जुरी समयमा राषफोर्डले ब्यक्तिगर दोस्रो गोल गर्दै युनाईटेडको जित पक्का गरे ।

अर्काे क्वाटरफाइनलमा न्युकासल युनाईटेड पनि सेमिफाइनलमा प्रवेश गरेको छ । न्युकासलले लेस्टर सिटीलाई २-० ले हराउदै सेमिफाइनल यात्रा तय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !