६ जेष्ठ २०८१, आइतबार

पहिलो ओडिआईमा भारतसँग श्रीलंका पराजित

प्रकाशित मिति :  11 January, 2023 8:53 am


काठमाडौं । पहिलो ओडिआई खेलमा घरेलु टोली भारतसँग श्रीलंका पराजित भएको छ । मंगलबार राति भएको खेलमाभारतले श्रीलंकालाई ६७ रनले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ७३ रन बनाएको थियो । भारतका विराट कोहलीले ८७ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक १ सय १३ रनको शतकीय इनिङ खेले । कोहलीको यो ओडिआई करिअरको ४५ औं शतक हो ।

रोहित शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि १ सय ४३ रनको ठोस साझेदारी गरेपछि भारतले सात विकेटमा ३ सय ७३ बनाएको थियो । बलिङतर्फ श्रीलंकाका कसुन रजिथाले १० ओभरमा ८८ रन खर्चेर ३ विकेट लिए । दिलशान मदुशंका, दासुन शानका, धनन्जय डि सिल्भा र चामिका करुणारत्नेले एक एक विकेट लिए ।

जवाफमा श्रीलंकाले आठ विकेट गुमाएर ३ सय ६ रन मात्र बनाउन सक्यो । त्यसमा कप्तान डसुन सनका १ सय ८ रन बनाएर नटआउट रहे । भारतका उमरान मलिकले ८ ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजले दुई, मोहम्मद शामी, हार्दिक पान्ड्या र युजभेन्द्र चहलले एक एक विकेट लिए ।

दोस्रो ओडिआई खेल बिहीबार र तेस्रो खेल आइतबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस !