६ जेष्ठ २०८१, आइतबार

विराटनगरलाई उपाधीका लागि १ सय ३४ रनको लक्ष्य

प्रकाशित मिति :  11 January, 2023 1:53 pm


काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टीमा उपाधीका लागि लुम्बिनी अल स्टारले विराटनगर सुपर किंग्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा अलआउट हुँदै १ सय ३३ रनमा समेटियो।

लुम्बिनीका लागि लाहिरु मिलन्थाले २८ बलमा ४१ रन तथा हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० तथा इशान पाण्डेले १८ रन बनाए ।

विराटनगरका लागि रान नानन र नन्दन यादवले समान दुई दुई तथा हुसेन तलत,कियोन जोशेफ,सुर्य तामाङ र कप्तान रोहित पौडेलले समान एक एक विकेट लिए ।

यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छन् ।



प्रतिक्रिया दिनुहोस !