६ जेष्ठ २०८१, आइतबार

पाटा नेपालद्वारा फुटसल प्रतियोगिता २०२३ सम्पन्न

प्रकाशित मिति :  12 January, 2023 1:08 pm


काठमाडौँ । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले लिटिल एन्जलस कलेज अफ म्यानेजमेन्ट (एलएसीएम) सँगको सहकार्यमा पाटा–एलए फुटसल प्रतियोगिता २०२३ जनवरी ९ देखि ११ सम्म ललितपुरको हात्तीवनस्थित एलए फुटसल मैदानमा प्रतियोगिता सम्पन्न गरेको छ ।

पाँचौं पाटा युथ ट्यालेन्ट क्वेस्ट अन्तर्गत पाटा नेपालमा आवद्ध सदस्यहरुबिच नेटवर्किंग, पुरस्कार र पहिचानको अवसरहरु प्रदान गर्ने र सम्बन्ध–संजाल अभिवृद्धि गर्ने ऊद्देश्यका साथ आयोजित फुटसल प्रतियोगितामा सोल्टी होटल, गेट, मिड–भ्याली इन्टरनेशनल, ग्लोबल कलेज इन्टरनेशनल, नाथम, आई एस टी, एलएसीएम लगायत पाटा नेपालका सदस्यसंस्थाहरूबाट नौं वटा टोलीहरुकाे सहभागी रहेकाे थियाे ।

प्रतियोगिताको फाइनलमा इन्टरनेशनल स्कुल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (आए एस टी) लाई पराजित गर्दै लिटिल एन्जलस कलेज अफ म्यानेजमेन्ट पाटा–एलए फु टुर्नामेन्टको बिजेता बनेको छ ।

विजयी टोलीले ट्रफी, मेडल, प्रमाणपत्र, नगद २०,००० रुपैयाँ र ट्रेकिङ भेन्यू नेपालले आयोजना गर्ने त्रशूली÷भोटेकोशीको ¥याफ्टिङ ट्रिप सहितको पुरस्कार पाएका छन् । त्यसैगरी उपबिजेता टोलीले ट्रफी, मेडल, प्रमाणपत्र, नगद १०,००० रुपैयाँ र चन्द्रागिरि हिल्स द्वारा आयोजित राउन्ड ट्रिप केबल कार टिकट समेत प्राप्त गरेका छन ।

प्रतियोगितामा एलसीएमका सिजन खड्का उत्कृष्ट गोलकिपर र राहुल खड्का उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनीहरुले ट्रफी, प्रमाणपत्र र चन्द्रागिरि हिल्सद्वारा प्रायोजित राउन्ड ट्रिप केबलकार टिकट र दिवाभोजको पुरस्कार प्राप्त गरेका छन ।



प्रतिक्रिया दिनुहोस !