६ जेष्ठ २०८१, आइतबार

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश, विदेश यात्रामा रोक

प्रकाशित मिति :  12 January, 2023 7:26 pm


काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

क्रिकेटर लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनलाई विदेश जान भने रोक लगाइएको छ ।

उनी गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए । लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी आरोप थियो ।

लामिछानेले चाहिँ आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएका छन्।



प्रतिक्रिया दिनुहोस !