१९ बैशाख २०८१, बुधबार

सन्दीप लामिछाने आज धरौटी तिरेर थुनामुक्त हुँदै

प्रकाशित मिति :  13 January, 2023 8:07 am


काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने आज छुट्दैछन् । पाटन उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी आज धरौटी तिरेर छुट्न लागेका हुन ।

बिहिबार क्रिकेटर लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनलाई विदेश जान भने रोक लगाइएको छ ।

उनी गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए । लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी आरोप थियो ।



प्रतिक्रिया दिनुहोस !