१५ चैत्र २०८०, बिहिबार

प्रिमियर लिगमा लिभरपुल र चेल्सीको बराबरी

प्रकाशित मिति :  22 January, 2023 9:04 am


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

शनिबार राति भएको खेलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेल्दै खेल्दै अंक बाँडेका हुन् । एनफिल्डमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

खेलको तेस्रो मिनेटमा चेल्सीका काइ हार्भट्जले गोल गरेका थिए तर, भीएआरले उनलाई अफसाइड देखाएपछि गोलले मान्यता पाएन ।

यस बराबरीसँगै लिभरपुलले १९ खेलमा २९ अंक जोडेको लिभरपुल आठौं स्थानमा रहेको छ ।

२० खेलमा २९ अंक जोडेको चेल्सी १० औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !