१४ बैशाख २०८१, शुक्रबार

आई लिग खेल्न मुम्बई पुगे अन्जन

प्रकाशित मिति :  22 January, 2023 9:30 am


काठमाडौं । भारतमा हुने आई लिग खेल्न नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट मुम्बई पुगेका छन् ।

केन्क्रे एफसीमा अनुबन्धित भएका अन्जन लिगका लागि शनिबार मुम्बई प्रस्थान गरेका थिए ।

अन्जनले पहिलो पटक नेपाल बाहिरको लिग खेल्न लागेका हुन् । अन्जन यसै वर्ष नवप्रवेशी ‘ए’ डिभिजन लिग क्लब चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका थिए ।

अन्जनको फोटो सामाजिक सञ्जालमा राख्दै केन्क्रे एफसीको पेजले नेपाली स्टार मुम्बई पुगेको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !