राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राई पनि अष्ट्रेलियातर्फ
प्रकाशित मिति : 3 February, 2023 10:47 am
काठमाडौं । नेपाली राष्ट्रिय फुटवल टोलीका मिडफिल्डर विशाल राई अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
आज बिहान मच्छिन्द्र क्लवका व्यवस्थापक अनिल श्रेष्ठले राईको बिदाइको फोटो राख्दै उज्जल भविष्यको कामना गर्दै अष्ट्रेलिया बसाई फलदायीको शुभकामान व्यक्त गरेका छन् ।
पछिल्लो समय नेपाली फुटबल खेलाडी विदेश पलायन तीव्रगतिमा भइरहेको बेला राष्ट्रिय टोलीका नियमित सदस्य समेत रहेका राई पनि सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया गएका हुन ।
नेपालमा भविष्य नभएको भन्दै खेलाडीहरु धमाधम विदेश पलायन भइरहेका छन् । एन्फाले फागुन १९ गतेदेखि ए डिभिजन लिग गर्ने भनेर सार्वजनिक गरिसके पनि खेलाडीहरु विदेश पलाएन भइरहेको छन् ।








