२० मंसिर २०८२, शनिबार

चार वर्षमा उर्जा क्षेत्रमा झण्डै ४० अर्ब बराबरको स्रोत परिचालन गर्यौ :अधिकारी

प्रकाशित मिति :  6 February, 2023 8:44 am


काठमाडौँ । चार वर्षमा उर्जा क्षेत्रमा झण्डै ४० अर्ब बराबरको स्रोत परिचालन गरी नेपालको नवीकरणीय उर्जाको प्रवद्र्धन कार्यलाई थप विस्तार गरेको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले बताए ।

काठमाडौँमा आइतबार आफ्नो चार वर्ष कार्यकालको अवधिमा नेपालको नवीकरणीय उर्जा क्षेत्रमा भएको उपलब्धीबारे पत्रकार सम्मेलन गर्दै अधिकारीले विद्युत पहुँच वृद्धि, खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि (क्लिन कुकिङ्ग टेक्नोलोजी) को विस्तार, संस्थागत बायोग्यास तथा ठूला क्षमताका व्यवसायिक÷नगर फोहरबाट ऊर्जा परियोजनामा विभिन्र कार्य गर्दै आएको बताएका हुन् ।

अधिकारीले नवीकरणीय ऊर्जा सम्बन्धी निति, कार्यविधि तथा दिर्घकालिन योजना तर्फ नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको बताए । उनले भने, “सो नीतिमा सौर्य मिनीग्रिड, लघु तथा साना जलविद्युत आयोजना जस्ता विद्युत पहुँचको क्षेत्र तथा सौर्य खानेपानी परियोजना जस्ता आधारभूत आवश्यकताको क्षेत्रमा कूल लागतको ९० प्रतिशत अनुदान प्रदान गर्ने व्यवस्था गरिएको । साथै एल.पि. ग्यासको खपत घटाउन महत्वपूर्ण योगदान पु¥याइरहेको घरायसी बायोग्यासको अनुदान ३० प्रतिशतले वृद्धि गरिएको छ ।”

उनले संस्थागत÷संगठनात्मक विकास तथा सुदृढीकरणतर्फ केन्द्रको समग्र संस्थागत विकास तथा केन्द्रको कार्यालय भवन निर्माणको लागि जग्गा तथा बजेटको व्यवस्था गरी डिजाइन इष्टिमेट तयार गरेको बताए ।

शर्माले केन्द्रको ऐन निर्माणको लागि नवीकरणीय ऊर्जा विधेयक हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गरेको र उक्त विधेयक हाल विधायन समितिमा अध्ययनको क्रममा रहेको र चाँडै आवश्यक प्रक्रिया पु¥याएर संसदमा पेश हुनेपनि बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !