१३ बैशाख २०८१, बिहिबार

काठमाण्डौं उपत्यकाबाट मानिस बाहिर पठाउने निर्णयप्रति प्रदेश-५ सरकार असन्तुष्ट

प्रकाशित मिति :  9 April, 2020 5:18 pm


काठमाडौं २७ चैत । 

काठमाण्डौं उपत्यकामा रहेका नागरिकलाई दुईदिन गाडीमार्फत बाहिर जान दिने संघीय सरकारको निर्णय प्रति प्रदेश ५ सरकारले असन्तुष्टि जनाएको छ ।

लकडाउनका कारण मानिसहरु हिडेरै घर जान थालेपछि आज बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले भोली र पर्सी काठमाण्डौं उपत्यकाबाट मानिसलाई बाहिर जाने दिने निर्णय गरेको छ ।

निर्णय सार्वजनिक भएलगत्तै प्रदेश-५ का मुख्यमन्त्री शंकर पोख्रेलले असन्तुष्टि जनाएका हुन् ।

उनले आफ्नो फेसबुकमा संघीय सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै भनेका छन्,‘काठमाण्डौंबाट बाहिर जानदिने र बाहिरबाट काठमाण्डौं जान नदिने निर्णय होईन होला । लकडाउनको अर्थ लकडाउन नै हो । बरु बेखर्चीलाई राहत देउ ।’



प्रतिक्रिया दिनुहोस !