२० मंसिर २०८२, शनिबार

रोहित र करणको उत्कृष्ट साझेदारीमा नेपालको रोमाञ्चक जित

प्रकाशित मिति :  21 February, 2023 4:48 pm


काठमाडौं । घरेलु मैदानमा सम्पन्न आइसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार चौंथो जित निकालेको छ । टियु क्रिकेट मैदानमा मंगलबार सिरिजको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले लगातार चौंथो जित निकालेको हो ।

सिन्दिप लामिछानेकाे उत्कृष्ट बलिङ र कप्तान रोहित कुमार पौडेलले अर्को एउटा उत्कृष्ट इनिङ खेल्दै नेपाललाई स्कटल्यान्डविरुद्ध महत्वपूर्ण जित दिलाएका छन् ।

स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले १ सय १ बलमा अविजित ९५ रनको अर्धशतकीय ईनिङ खेले । उनले ७ चौका र ४ छक्का प्रहार गरे । रोहितको यो एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक हो ।

त्यस्तै करण केसीले ३७ बलमा अविजित ३१ रन बनाए ।  नवौं विकेटका लागि  रोहित र करणले नवौं विकेटका लागि अविजित रुपमा ७५ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चिएर ४ विकेट लिए । करण केसीको नाममा ३ विकेट लिदा कुशल मल्ल र ललित नारायण राजवंशीले समान १/१ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !