रोनाल्डोको ह्याट्रिकमा अल नसरको सहज जित
प्रकाशित मिति : 26 February, 2023 8:34 am
काठमाडौं । साउदी प्रो लिग फुटबलमा अल नसरले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा नसरले डामाकलाई ३-० गोल अन्तरले हराउँदै जित हासिल गरेको हो।
अल नसरको जितमा रोनाल्डोले ह्याट्रिक गोल गरे । रोनाल्डोले खेलको १८ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
२३ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि खेलको ४४ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा नसरले ३-० को जित निकाल्यो ।
नसरका लागि रोनाल्डोको यो दोस्रो ह्याट्रिक हो ।
जितसँगै नसर शीर्ष स्थानमा उक्लिएको छ । नसरले १८ खेलमा ४३ अंक जोडेको छ ।








