२० मंसिर २०८२, शनिबार

एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकियो रियल मड्रिड

प्रकाशित मिति :  26 February, 2023 8:44 am


काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ ।

रियलले शनिबार राति मड्रिड डर्बीमा एथ्लेटिको मड्रिडसँग १-१ गोलको बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा दुवै टिमबाट भएका प्रयास सफल हुन सकेन । खेलको ६४ औं मिनेटमा एन्जल कोर्रेयाले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटियो । दबाबका बिच खेलको ७८ औं मिनेटमा जोसे मारिया जिमिनेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा अल्भारो रोड्रिगेजले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलमा बराबरीसँगै रियलले २३ खेलमा ५२ अंकसहित रियल दोस्रो स्थानमा छ । एट्लेटिको मड्रिड भने ४२ अंकसहित चौंथो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस !