२० मंसिर २०८२, शनिबार

क्यानको साधारण सभा आजबाट सुर्खेतमा सुरु

प्रकाशित मिति :  26 February, 2023 10:08 am


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा आजदेखि सुरु हुँदैछ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्यानले पहिलो पटक साधारण सभा गर्न लागेको हो ।

दुई दिनसम्म चल्ने साधारण सभामा वार्षिक कार्यक्रमका साथै विभिन्न आठ एजेन्डामा छलफल हुनेछ । साधारणसभाको उद्घाटन कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गर्ने छन् ।

साधारणसभामा ४५ जिल्लाका प्रतिनिधि, २१ प्रदेश प्रतिनिधि, १७ केन्द्रीय सदस्य, ३ पर्यवेक्षक, अम्पायर र प्रशिक्षक गरी ८७ जना सहभागी हुने क्यानले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !