ए डिभिजन लिगमा आज तीन खेल हुने
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुने भएको छ। अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)का अनुसार दुई खेल दशरथ रंगशालमा र एक खेल च्यासल खेल मैदानमा हुनेछ ।
२:३० बजे दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबिच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र जावलाखेलबिचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
च्यासल मैदानमा हुने खेलमा न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । एनआरटी र सातदोबाटोबिचको खेल दिउँसो २:३० बजे सुरु हुने एन्फाले जनाएको छ।
लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।
यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।








