२० मंसिर २०८२, शनिबार

ए डिभिजन लिगः सातदोबाटो र हिमालयन शेर्पाको रोमाञ्चक जित

प्रकाशित मिति :  8 March, 2023 6:55 pm


काठमाडाैँ । शहीद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लवले लगातार दोस्रो जित निकाल्दा हिमालयन शेर्पाले क्लवले विभागीय टोली नेपाल पुलिस क्लवलाई हराउँदै पहिलो जित निकालेको छ । 

ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लवले एपिएफ क्लवलाई १–० गोल अन्तरले पराजित गरेकाे हाे । दशरथ रंगशलामा भएकाे अर्को खेलमा हिमालयन शेर्पाले पुलिसलाई समान १–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै सातदोबाटोले दुई खेलमध्यै दुवै खेलमा स्पष्ट जित निकाल्दा हिमालयन शेर्पाले पहिलो जित निकाल्न सफल भएको हो ।

सातदोबाटो युथ क्लवले एपिएफलाई पराजित गर्ने क्रममा विदेशी खेलाडी विलियम ओपोकुले ५५औं मिनेटमा गरेको गोल निर्णायक भएको हो । यस्तै अर्को खेलमा भने हिमालयन शेर्पाका लागि अमृत श्रेष्ठले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बनेको थियो ।

लिगमा बिहीवार दुई खेल हुनेछन् । पहिलो एन्फा कप्लेक्समा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लव तथा दोस्रो च्यासल मैदानमा त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ । 



प्रतिक्रिया दिनुहोस !