१४ बैशाख २०८१, शुक्रबार

थप तीन जनामा कोरोना संक्रमण भेटिएको सरकारद्धारा पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

प्रकाशित मिति :  12 April, 2020 2:01 pm


काठमाण्डौं, ३० चैत ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन जनामा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि गरेको छ ।

पर्साको वीरगञ्ज महानरपालिका वडा नम्बर-२ छपकैया स्थिति मस्जिदमा शंकास्पद रुपमा रहेका २१ जनाको नमुना परीक्षण गर्दा ३ जना पुरुषमा कोरोना संक्रमण भेटिएको मन्त्रालयले औपचारिक रुपमा जानकारी गराएको छ ।

सुरुमा २१ जनामध्य शंकास्पद ३७, ५५ र ४४ बर्षका पुरुषलाई नारायणी अस्पताल वीरगञ्ज अस्पतालको आइसोलेशनमा राखेर थ्रोट स्वाब परीक्षणका लागि किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हैटौडा पठाईएको थियो ।

परीक्षण गर्दा ३ जनाको नतिजा पोजेटिभ आएपछि थप पुष्टिका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो ।

मन्त्रालयले काठमाण्डौंमा गरिएको परीक्षणपनि पोजेटिभ देखिएको जनाएको छ । उनीहरुको नतिजा पोजेटिभ आएसँग उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको खोजीसमेत जारी रहेको जनाएको छ ।

संक्रमित तीन जना भारतीय नागरिक भनेपनि मन्त्रालयले भने यस विषयमा खुलाएको छैन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

यसअघि भेटिएका संक्रमित मध्य अहिलेसम्म १ जना उपचारपनि निको भइसकेका छन् भने अन्य ८ जनाको उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !