आईसीसी क्रिकेट विश्वकप लिग टु मा पपुवा न्युगिनी नेपालसँग पराजित
प्रकाशित मिति : 13 March, 2023 12:59 pm
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो ।
नेपालले १ विकेट गुमाएर ७ .४ ओभरमै लक्ष्य भेट्टाएको हो ।
नेपालका लागि आशिफ शेखले ५३,कुशल भुर्तेलले ३३, कुशल मल्लले १२ रन बनाए ।
पप्पुवा न्यु गिनीका चोड सोपरले १ विकेट हात पारे । नेपालका लागि सन्दीप लामिछानेले ५, ललित राजवंशीले २,कुशल मल्लले २,सोमपाल कामीले १ विकेट लिए ।
यो जितसँगै नेपालले विश्वकप छनौट खेल्ने सम्भावना बलियो बनाएको छ । नेपाल ३५ खेलबाट ३८ अंक जोडेर चौथो स्थानमा छ । विश्वकप छनौट खेल्न बाँकी रहेका एउटा खेल जित्नुपर्छ र नेपालले चैत २ गते युएईसंग खेल्नेछ ।








