२४ मंसिर २०८२, बुधबार

डेरी एसोसिसनका प्रतिनिधीले भेटे कतारका लागि नेपाली राजदूत

प्रकाशित मिति :  15 March, 2023 6:30 pm


काठमाडौं । नेपाल डेरी एसोसिएसनको टोलीले कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालसँग भेटघाट गरेका छन् । १० औ कतार अन्तराष्ट्रिय कृषि प्रद्धर्शनीमा सहभागी हुन कतार पुगेको टोलीले राजदुत डा. ढकालसँग भेटघाट गरेको हो ।

दोहा स्थित राजदुसँग डेरी एसोसिएसनको टिमले भेटघाट गरि दुई देश बिच विषेश गरि डेरीका उत्पादनलाई कसरी व्यापार प्रर्वद्धन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएकाे नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष मनोज घिमिरेले बताए ।

कतार स्थित दोहा प्रदर्शन कन्भेसन केन्द्रमा मार्च १५–१९ मा हुने १० औ अन्तराष्ट्रिय कृषि प्रदर्शनीमा नेपालबाट डेरी एसोसिएसनका उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मनोज घिमिरेको नेतृत्वमा एसोसिएसनबाट कोशी प्रदेश अध्यक्ष गंगा खड्का, सचीव अशेश बुढाथोकी, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, उपाध्यक्ष ध्रुव तिवारी, सह-कोषाध्यक्ष राजकुमार वाईबा र सह-सचिव रबिन्द्र हुमागाईंको टिम पुगेको हो ।

मेलामा चिया, जडीबुटी हर्वल, अलैची, अदुवा, डेरीका उत्पादन रहने जानकारी गराइएको छ । नेपाल सरकार नेपाली राजदुतावास दोहा कतार, निर्यात व्यवसायी महासंघ नेपाल आयोजक तथा नेपाल व्यवसायी संघ कतार प्रर्वद्धक रही मेलाको आयोजना भइरहेको जनाइएको छ । ६ वटा उद्योग प्रतिष्ठानहरुको सहभागिता रहने छ भने मेलामा नेपाल टी, नेपाल हव्र्स, लार्ज कार्डमम् कलेक्टिभ ट्रेडमार्कको प्रर्वद्धन गरिनेछ ।

कतार नेपालको व्यवसायिक सम्बन्ध वैदेशिक रोजगारको गन्तव्य देश मात्र नभई नेपालका मौलिक उत्पादनको पहिचार र प्रर्वद्धनका लागि कतार सरकार, नेपाल सरकार, नेपाली राजदुतावास र निर्यात व्यवसायी महासंघको संयुक्त प्रयासमा ६ दिने मेलामा सहभागिता तथा पारस्परिक व्यापारिक सम्बन्ध विस्तार गरि नेपालका मौलिक तथा विशिष्टिकृत ब्राण्डका वस्तुहरु कतार निर्यात गर्न सहयोग पुग्ने उदेश्यले कतार पुगेको टोलीमा सहभागीले जानकारी दिए ।

राजदुत डा. ढकाल, भुवन भट्ट, त्यहाँ स्थित नेपाल व्यवसायी संघका अध्यक्ष श्री महेन्द्र चम्लागाई, श्री शंकर न्यौपाने दोहा चेम्बर्स, व्यवसायिक प्रतिष्ठानहरु र नेपाली व्यवसायीहरु बीच सामुहिक छलफल कार्यक्रम रहेको एसोसिएसनका उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मनोज घिमिरेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !