नेपाल र यूएई क्रिकेट हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि मैदानमा
प्रकाशित मिति : 16 March, 2023 10:10 am
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल र युएईबीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन् ।
नेपाल र युएईबीचको खेलमा नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेका हुन् ।
नेपाली क्रिकेटरलाई विजयको शुभकामनाको लागि प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा पुगेको उनका सचिवालयले जनाएको छ ।
त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आईसीसी विश्वकप लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् ।








