नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा
प्रकाशित मिति : 16 March, 2023 5:44 pm
काठमाडौँ । नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा पुगेको छ ।
लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
जितका लागि ३११ रनको लक्ष्य पाएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाएको अवस्थामा खराब प्रकाशका कारण खेल रोकिएपछि डकवर्थ लेविस पद्धतिको नतिजा निकालिएकाे थियो ।








