२० मंसिर २०८२, शनिबार

क्रिकेट टोलीलाई जनही तीन लाख पुरस्कार दिने प्रचण्डकाे घाेषणा

प्रकाशित मिति :  17 March, 2023 11:05 am


काठमाडाैँ । विश्वकप छनोटमा पुगेका नेपाली क्रिकेट टोलीलाई जनही तीन लाख रूपैया पुरस्कार दिइने भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट टिमलाई शुक्रबार बधाई दिँदै पुरस्कारकाे घाेषणा गरेका हुन् ।

प्रचण्डकाे आधिकारीक फेसबुक एकाउन्टमा भनिएकाे छ, ”विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी रू. ३ लाख पुरस्कारको घोषणा गर्दछु।”



प्रतिक्रिया दिनुहोस !