४ बैशाख २०८१, मंगलबार

रोनाल्डोलाई समेट्दै पोर्चुगलका प्रशिक्षकले सार्वजनिक गरे नयाँ टोली

प्रकाशित मिति :  18 March, 2023 9:34 am


एजेन्सी । पोर्चुगलका नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगलको टोलीमा समावेश गर्दै नयाँ टोली सार्वजनिक गरेका छन् ।

युरोकप २०२४ को छनोटका लागि रोबर्टोले नयाँ टोली सार्वजनिक गरेका हुन् । समूह ‘जे’ मा रहेको पोर्चुगलले २४ मार्चमा लिचेस्टाइन र २७ मार्चमा लक्जेमवर्गसँग खेल्नेछ ।

यो समूहमा पोर्चुगलसँगै लिचेस्टाइन, लक्जेमवर्ग, बोस्निया एण्ड हर्जगोभिना, आइसल्यान्ड र स्लोभाकिया रहेका छन् ।

कतारमा भएको विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि रुदै मैदान छोडेका ३८ वर्षीय रोनाल्डोले त्यसपछि राष्ट्रिय टोलीमा स्थान बनाउन मुस्किल पर्ने धेरैको अनुमान थियो । पोर्चुगल क्वाटरफाइनबाट बाहिरिएसँगै प्रशिक्षक फर्नान्डो सान्तोषले पनि टोली छाडेका थिए ।

सान्तोष बाहिरिएपछि पोर्चुगलकाे मख्य प्रशिक्षक बनेका रोबर्टोले अन्तिम सदस्यीय टोलीमा रोनाल्डोलाई समेटेका हुन् ।



प्रतिक्रिया दिनुहोस !