११ बैशाख २०८१, मंगलबार

हालान्डको ह्याट्रिकमा म्यानचेष्टर सिटी एफए कपको सेमिफाइनलमा

प्रकाशित मिति :  19 March, 2023 11:33 am


काठमाडौँ । म्यानचेष्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीका फरवार्ड एर्लिङ हालान्डको ह्याट्रिक मद्दतमा बर्नलीलाई आधा दर्जन गोल गर्दै म्यानचेष्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो।

शनिबार राति सिटीको घरेलु मैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा बर्नलीलाई ६-० ले पराजित गरेको हो । जहाँ हालान्डले सिटीका लागि पाँच दिनभित्रै दोस्रो पटक ह्याट्रिक गरे । हाल्यान्डले यसअघि युरोपेली च्याम्पियन्स लिगमा लाइपजिग विरुद्ध पाँच गोल गरेका थिए।

हालान्डले ३२औं र ३५औं मिनेटमा लगातार गोल गरेपछि सिटीले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो । दोस्रो हाफमा चार गोल थप्यो । ५९औं मिनेटमा तेस्रो गोल गर्दै हालान्डले ह्याट्रिक पुरा गरे । खेलको अल्भारेजले ६२औं र ७३औं मिनेटमा गोल गरे । पाल्मेरले ६८औं मिनेटमा एक गोल गरे ।

यो सिजनमा हालान्डकाे व्यक्तिगत गोल संख्या सबै प्रतियोगितामा गरेर ४२ पुगेको छ । रुद भान निस्टलरोय र मोहमद सलाहको नाममा रहेको एकै सिजन सर्वाधिक गोलको कीर्तिमानबाट उनी दुई मात्र पछाडि छन् ।



प्रतिक्रिया दिनुहोस !