१२ श्रावण २०८१, शनिबार

थप दुइजनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १४ पुग्यो

प्रकाशित मिति :  13 April, 2020 4:28 pm


काठमाण्डौं, १ बैशाख ।

सरकारले थप जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज प्रवक्ता डा. विकास देवकोटाले कैलालीमा एक वृद्धा र रौतहटका एक युवकको कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । प्रवक्ता देवकोटाले उनले भने,‘हाम्रो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईवटा केश पोजेटिभ आएको छ ।’

देवकोटाका अनुसार कैलालीको लम्की चुहा नगरपालिकाको क्वारेन्टाइनमा रहेकी ६५ बर्षीय महिलाको नमुना परीक्षणमा पोजेटिभ आएको    छ । उनले महिलाको उपचार सुरु भइसेकेको र उनको सम्पर्कमा पुगेका व्यक्तिको खोजी जारी रहेको बताए ।

देवकोटाले रौतहट जिल्लाको क्वारेन्टाइनमा रहेका रौतहटका १९ बर्षीय युवकको नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको जानकारी दिए । उनलाई क्वारेन्टाइनबाट उपचारका लागि अस्पताल लगिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

उनले भने,‘ यसरी हालसम्म संक्रमितको संख्या १४ पुगेको छ । जस मध्य उपचार भइरहेकाहरुमध्यमा आज थप एकको उपचार सेती अञ्चल अस्पतालमा भइरहेको छ र जसले गर्दा हाम्रो सेती प्रादेशिक अस्पतालमा अहिले उपचारका क्रममा रहेका संक्रमितको संख्या ५ पुगेको छ ।’

प्रवक्ता देवकोटाका अनुसार वीरगञ्जमा ३, बागलुङमा २ र काठमाण्डौं टेकुमा २ जना व्यक्तिको पनि उपचार भइरहेको जानकारी दिए । उनले भने,‘ उपचारमा रहेका सबै व्यक्तिहरुको अवस्था समान्य छ ।’

उनले कोरा संक्रमणबाट बच्न सरकारले घोषणा गरेको लकडाउन पूर्ण पालना गर्न आग्रह गरे । उनले भने,‘पछिल्लो केही दिन यता संक्रमितहरुको संख्या हामीले केही बढेको पाएका छौं । यसबीच यो लकडाउनको औचित्य र लकडाउनको अवस्थामा हामी पूर्ण रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्यताको पनि औचित्य पुष्टि भएको हामीले पाएका छौं ।’

सरकारले हिजो र आज मात्रै ५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !