आजदेखि प्रधानमन्त्री थ्री नेसन्स कप: पहिलो खेलमा नेपालले लाओससँग खेल्दै

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा (आज) बुधबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपालले लाओसँग भिड्दै छ । उद्घाटन खेलमा घरेलु टोली नेपालले साँझ ६ बजे लाओसँग खेल्नेछ ।
आजको खेलमा नेपाल सहज जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक एल्बर्टो एनासीले लाओसविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य भएको बताए । ‘आजको खेलमा के हुन्छ अहिले नै भन्न सकिने अवस्था छैन् ।
त्यस्तै नेपाली टोलीका कप्तान किरण चेम्जोङले छोटो समयको तयारी भए पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपालको लक्ष्य भएको बताए । त्यस्तै उनले टिममा नयाँ अनुहार धेरै भएकाले उनीहरूबाट उत्कृष्ट नतिजाको अपेक्षा भएको बताए ।
थ्री नेसन्स प्रतियोगितामा आयोजक नेपालसँगै भुटान र लाओस सहभागी छन् । प्रतियोगिताको विजेताले पाँच हजार डलर पुरस्कार पाउनेछ ।